मिराज ढुंगानाले बालुवाटार पुगेर प्रधानमन्त्रीलाइ भेटे

काठमाडौं : चर्चित जेन जी अभियन्ता मिराज ढुंगाना आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरे ।

सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनको गृहकार्य हुँदैगर्दा मिराज केन्द्रमा देखिएका थिए । तर, आन्दोलनको अघिल्लो दिन दुर्गा प्रसाईंलाई उनकै निवासमा गएर भेटेपछि उनी विवादित बने । उनले आफू प्रसाईंलाई आन्दोलनमा नआउनु भनेर सम्झाउन गएको प्रष्टीकरण दिएका छन् ।

Galaxy

ढुंगाना जेनजी आन्दोलनमा भने सहभागी नै भएनन् । आफू २३ र २४ भदौमा सडकमा ननिस्किएको उनले एक अन्तरवार्तामा बताएका छन् । केही युवाहरुले आफू आएमा विरोध गर्ने भनेर ‘थ्रेट’ दिएकाले नगएको उनको भनाइ छ । त्यस दिन उनी आफ्नै व्यवसायमा व्यस्त रहे । उनको फुलको व्यवसाय गर्छन् ।

आन्दोलनपछि एकाएक सुधन गुरुङ जेनजी लिडर बनेर हाइलाइट भए । सैनिक हेडक्वाटरदेखि शीतल निवाससम्म पुगे । अहिले पनि बालुवाटारदेखि शीतलनिवाससम्म उनको पहुँच छ । तर ढुंगाना भने ओझेलमा परेका थिए । सुधनले जेनजी आन्दोलन हाइज्याक गरेको आरोप लाग्दै आएको छ ।

ढुंगाना आन्दोलनमा नदेखिएपछि उनको खोजी भयो । उनले आफूलाई धाकधम्की आएको प्रष्टीकरण दिए । अहिले भने उनी फेरि बाहिर देखिन थालेका छन् । यही सिलसिलामा उनले प्रधानमन्त्री कार्कीसँग भेट्ने अवसर पाएका हुन् ।

मिराजले आज प्रधानमन्त्रीसँग भेटेर अनौपचारिक कुराकानी गरेको बालुवाटार स्रोतले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार