काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुमा सार्वजनिक भएका छन्।
भदौ २४ गते राजीनामापछि सेनाको सुरक्षा हुँदै गुन्डुमा डेरा लिएर सरेका ओली मंगलबार नेता कार्यकर्तामाझ सार्वजनिक भएका हुन्।
पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई दायाँ राखेर ओली सार्वजनिक भए पनि कुनै प्रतिक्रिया जनाएनन्। तर कार्यकर्तासँग भेटघाटचाहिँ गरेका थिए।
जेनजी आन्दोलन उग्र भएपछि बाध्यात्मक अवस्थामा प्रधानमन्त्री पदबाट राजीनामा दिएर ओली सैनिक सुरक्षामा बालुवाटारबाट शिवपुरी पुगेका थिए।
प्रतिक्रिया दिनुहोस्