ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास सहितका तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका नवनियुक्तमन्त्री कुलमान घिसिङले कठिन परिस्थितिलाई सामना गर्न जिम्मेवारी लिएको बताए ।
‘देश एउटा सङ्कटपूर्ण घडीमा छ । राजनीतिक स्थिरतामा अगाडि बढाउन सकिन्छ भनेर ठूलो चुनौतीमा हामी आएका छौँ । यो सानो चुनौती होइन । यो चुनौतीबाट भाग्नु हुँदैन,’ ऊर्जा मन्त्रालयमा आफ्नो पदभार ग्रहण गर्दै उनले भने, ‘यो चुनौतीलाई सामना गर्न हामी आएका छौँ । यसलाई सामना गर्दै तीन वटा मन्त्रालयको जिम्मेवारी लिएर म आएको छु । जिम्मेवारी लिने हो, भाग्ने होइन ।’
उनले राष्ट्रका लागि ठूलो क्षति पुगेकोले अब पुनर्निर्माण अभियानमा लाग्ने बताए । ‘अब हिंसा होइन, समाधानको बाटो हो । अब हामी पुनर्निर्माण, समृद्धि र राजनीतिक स्थिरतामा लैजानु छ,’ उनले भने, ‘सही अवतरण गर्नु हाम्रो दायित्व हो । पुनर्निर्माण हाम्रो अभियान हो ।’
प्रतिक्रिया दिनुहोस्