मुख्यसचिवले गरे सचिवहरूसँग भर्चुअल संवाद, राजनीतिक नेतृत्व नहुँदा ठोस निर्णय भएन

काठमाडौं :  जेनजीको आन्दोलन र आगजनीपछि सिंहदरबार अस्तव्यस्त भएपछि मुख्यसचिव एकनारायण अर्यालले सचिवहरूसँग भर्चुअल संवाद गरेका छन् ।

घटनाबारे सामान्य छलफल भए पनि ठोस निर्णय भने नभएको सहभागी एक सचिवले जानकारी दिए ।

Galaxy

जेन-जीको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि राजनीतिक नेतृत्वमा देखिएको अन्योलताले कर्मचारी प्रशासन पनि अस्तव्यस्त छ । ती सचिवले भने, ‘सिंहदरबारमा आगजनी भएपछि कार्यालयमा कोहीँ पनि गएका छैनन् । यद्यपि बुधबार मुख्यसचिवज्यूसँग भर्चुअल संवाद भने भएको छ । हामी कर्मचारी राजनीतिक नेतृत्व नहुँदा केही निर्णय लिन नसक्ने अवस्थामा छौं ।’

राजनीतिक निकासपछि  मात्रै प्रशासनिक गतिविधि सामान्य अवस्थामा फर्किने सम्भावना देखिएको ती सचिवको भनाइ छ । सेनाले जारी गरेको निषेधाज्ञामा सरकारी निकायका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र सार्वजनिक संस्थानका कर्मचारीलाई परिचयपत्र देखाएर आवतजावतमा सहजिकरण गर्ने उल्लेख छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार