डा. लेखजंगले सार्वजनिक गरे पहिलो श्रीमतीसँग डिभोर्स भैसकेको कागज

 बुटवल : रुपन्देही क्षेत्रनम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् ।

डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरेका हुन् ।

SHIKHAR COOL TECH

डा. थापा रास्वपाबाट ९ जना आकांक्षीमध्येबाट उम्मेदवार बनेपछि उनीबारे बहुविवाहको समाचारहरु सार्वजनिक भएका थिए ।

अदालती कागजात फेसबुकमार्फत् सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले डा. थापाको बहुविवाहबारे उम्मेदवार छनोट प्रकृयाकै समयमा सूचना आएपछि पार्टीको अफिसियल टिमले भेरिफाई गर्दा पहिलो श्रीमती सुलोचना घिमिरेसँग  डिभोर्स गरिसकेको पाइएको बताए ।

‘पार्टीले आन्तरिकरुपमा उम्मेदवार छनोट प्रकृया शुरु गरेपछि नै उहाँको बहुविवाहको सूचना पार्टीमा आएको थियो, हामीले त्यसबारेमा भेरिफाई गर्दा पहिलो श्रीमतीसँग डिभोर्स भएको पायौं’ महामन्त्री बुर्लाकोटीले भने, ‘पार्टीले सोधपुछ गर्दा विगतमा बहुविवाह भएपनि दुई वर्ष अघि नै डिभोर्स गरेको उहाँले बताउनुभयो, हामी त्यसमा विश्वस्त भयौं ।’

लेखजंगकी पहिलो श्रीमती सुलोचना घिमिरेले बिएससी नर्सिङ गरेकी छन् । उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन् ।

लेखजंगकी कान्छी श्रीमती नुमा शर्मा काठमाडौं बस्छिन् । महामन्त्री बुर्लाकोटीले भने, ‘बहुविवाह अन्त्य भएको विषयलाई अनावश्यक उछालिएको छ, त्यो अफवाह मात्रै हो ।’

पहिलो पत्नीबाट जन्मिएको बच्चा पनि लेखजंगसँगै रहेकाले सौहार्द्धपूर्ण सम्बन्ध हुनु स्वाभाविक भएको उनको तर्क छ । ‘डिभोर्स हुनेवित्तिकै झैझगडा नै गर्नुपर्ने, बोलचाल र मित्रता नहुने भन्ने पुरानो मान्यता हो, अहिलेको समाजमा त्यस्तो नहुन पनि सक्छ’ बुर्लाकोटीले भने ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ अञ्चलपुरका लेखजंगलाई रास्वपाले गत शुक्रबार र शनिबार सञ्चालन गरेको प्राइमरी इलेक्सनको मत र अरू प्रक्रियाका आधारमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

२०८० असार ७ गते पार्टी सदस्यताको आवेदन फर्म भरेका थापाको सदस्यता भने प्राविधिक कारण २०८२ मा मात्र प्रमाणित भएको पार्टीले जनाएको छ ।

त्यसअघि उनी २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसदको सूचीमा थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार