जनार्दनसँगको अन्तरसंघर्षबारे प्रचण्डको ब्रिफिङ-आफूले देखेको कुरा खुला रूपमा सबैले राख्न पाउँछन्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्गठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्।

पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पार्टीभित्र उठेका विभिन्न बहस, सङ्गठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे।

SHIKHAR COOL TECH

उनले भने, ‘पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको छ। तर, यसलाई सङ्गठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि हुन सक्दैन। दसैँपछि मध्य पहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर पनि प्रत्यक्ष संवाद गर्नेछु।’

सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र साङ्गठनिक सुधार देखिएको भन्दै अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्न आग्रह गरे।

पार्टीभित्र आत्मसमीक्षा र आलोचना आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने बताए। पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धिहरू, त्यसपछिको खबरदारी अभियान तथा जनसङ्गठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको बताए।

पछिल्लो समय प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच अन्तरसंघर्ष चलिरहेको छ। त्यसबारे बैठकमा प्रस्ट पार्दै भने, ‘हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन्। पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार