उखु किसानपछि दूध उत्पादक किसान पनि आन्दोलनमा, आज डीडीसी कार्यालयमा धर्ना

काठमाडौं : उखु किसानहरु सडक आन्दोलनमा उत्रिएका बेला दूध उत्पादक किसानहरु पनि आन्दोलित भएका छन् ।

दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिँदैछन् ।

SHIKHAR COOL TECH

आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा. भेषराज अधिकारीले जानकारी दिए ।

दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आएको तर त्यसको सम्बोधन नभएकाले धर्ना दिन लागेको उनले बताए ।

‘गत वर्षदेखिकै भुक्तानी नपाउँदा किसानहरूले ठूलो पीडा र आर्थिक संकट व्यहोर्न बाध्य हुनुपरेको छ’ डा. अधिकारीले भने, ‘दूधको बक्यौता रकम भुक्तानी नगरेकाले किसानहरूलाई आफ्नो परिवार पालनपोषण, छोराछोरीको शिक्षा–दीक्षा तथा पशुपालनमा कठिनाइ भएको छ ।’

यसै सन्दर्भमा, किसानहरूको पीडा, समस्या र मागहरूलाई उजागर गर्दै आफ्ना जायज मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले धर्ना कार्यक्रम राखिएको उनको भनाइ छ ।

उनका अनुसार धर्ना कार्यक्रम करिब एक घण्टा चल्ने छ । धर्ना कार्यक्रममा काभ्रे, नुवाकोट, धादिङ लगायत काठमाडौं उपत्यका र आसपासका किसानहरुको सहभागिता रहने छ ।

सरकारले बजेट अभाव देखाउँदै उखु किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै आएका उखु किसानहरुले राजमार्ग केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन् । उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका संघको शनिबार बसेको संयुक्त बैठकले यही भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध पारेर आन्दोलन गर्न निर्णय गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार