रास्वापाको ९ मा १ को होला? नख्खु जेलमा पुग्नेछन् सबै जना

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नौ जना मध्य एक जनाको नाम घोषणा गर्दै प्रतिनिधि सभातर्फ रुपन्देही–३ को उप निर्वाचनको प्रतिस्पर्धी अनुहार सार्वजनिक गर्ने भएको छ।

प्राइमरी इलेक्शन सकिएको र कार्यबाहक सभापति डीपी अर्यालसँगको डिनर मिटिङ पनि सक्किएका नौ जना उम्मेदवार आइतबार नख्खु कारागार जानेछन्। 

उनीहरुले रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेपछि सचिवालय बैठकको निर्णयअनुसार उम्मेदवार सार्वजनिक गरिनेछ। 
नौ मध्य एक जना चुनावी मैदानमा हुनेछन्।

सुलभ खरेल, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी छन्। 

आकांक्षीहरुमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो। 

अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गर्ने रास्वपाले जनाएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार