काठमाडौं : पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू राजनीतिमा अघि बढिसकेको भन्दै अब नफर्कने बताएकी छन् । भंगालमा भेट्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झासँग भण्डारीले एमाले अध्यक्ष ओलीले अहिले आफैं बोलीबाट ब्याक भएर रोक्न खोजेको बताइन् ।
भण्डारीको भनाई उदृत गर्दै झाले भने, ‘म राजनीतिक रूपमा अगाडि बढिसकेँ । एमालेबाटै अघि बढ्न चाहन्छु । अस्तिसम्म केपी ओलीले नै पूर्व राष्ट्रपति किन राजनीतिमा आउन पाउँदैन भनेर अन्तर्वार्ता दिनुभएको छ । अहिले उहाँले आफैँ बोली फेरेर मलाई रोक्दै हुनुहुन्छ ।’
पूर्वराष्ट्रपति भण्डारीबारे प्रधानमन्त्रीसमेत रहेका ओलीले दिएको अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु हुँदैन भन्ने बेकारको कुरा भन्दै आउन पाइने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्