राज्य व्यवस्था समितिको सभापतिका लागि आज मनोनयन दर्ता

काठमाण्डौ : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ।

समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिन्छ।मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ।

SHIKHAR COOL TECH

सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि चयन गर्ने तालिका छ।

राज्य व्यवस्था समितिको सभापति पद गएको साउन २८ गतेदेखि खाली छ।तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि पद रिक्त भएको हो।

निजामती विधेयकमा समावेश कुलिङ पिरियड सम्बन्धमा भएको छेडखानीबारे छानबिन गर्न गठित जीवन परियार नेतृत्वको समितिले निवर्तमान सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई मुख्य नैतिक जिम्मेवार ठहर्‍याएको थियो।त्यसलगत्तै खतिवडाले राजीनामा दिनुभएको थियो।

सभापतिका लागि एक जनाको मात्रै उम्मेदवारी परे सर्वसम्मत चयन हुनेछ।सत्तापक्षले कांग्रेसका उम्मेदरलाई समर्थन गर्ने भएका छन्।प्रतिपक्षले यसबारे आधिकारिक निर्णय गरिसकेका छैनन् ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार