राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने

काठमाडौँ — राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ ।   सोमबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) अनुसार सभापति चयनका लागि ११ गतेका लागि निर्वाचन तोकिएको संघीय संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिए । 

उनका अनुसार समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सोमबार अन्तिम दिन भएकाले सभामुखले निर्वाचन मिति तोकेका हुन् । प्रवक्ता गिरीले समिति सदस्यहरुमध्येबाट सभापति पदमा प्रस्ताव तथा समर्थन दर्ता गरिएका उम्मेदवारहरुको नाम समितिको ११ गते बस्ने बैठकमा प्रस्तुत गरिनेछ । सो बैठक समितिका जेष्ठ सदस्यले सञ्चालन गर्ने व्यवस्था छ ।

Seti Hospital

प्रतिनिधिसभा नियमावली २०७९ को व्यवस्थाबमोजिम कुनैपनि विषयगत समितिको सभापतिको पद रिक्त भएमा १५ दिनभित्र निर्वाचनमार्फत गरिसक्नुपर्ने भन्ने व्यवस्था छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको पदको निर्वाचनको लागि सभामुखको आदेशबमोजिम सूचना प्रकाशित भएको छ ।

उक्त सूचनाअनुसार समिति सदस्यहरूमध्येबाट सभापति पदमा निर्वाचित गरियोस् भनेर कुनै सदस्यलाई कुनै अर्को सदस्यले प्रस्ताव तथा कुनै एक सदस्यले समर्थन गरेर प्रस्ताव तथा सूचना दर्ता गर्नुपर्छ । यसरी प्राप्त हुने प्रस्तावलाई दर्ता गरेर ११ गते बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रस्तुत गरिन्छ । उक्त बैठक समितिका ज्येष्ठ सदस्यले सञ्चालन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

कुलिङ अफ पिरियड छेड्खानी प्रकरणमा नैतिक र राजनीतिक जिम्मेवार ठहरभएको छानबिन समितिको निष्कर्षपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार