डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डडेल्धुराले जिल्लाको समग्र विकासका लागि ब्लु प्रिन्ट निर्माण समिति गठन गरेको छ।
पार्टीका जिल्ला सभापति इञ्जिनियर सुरेन्द्र अवस्थीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। समितिको उप–संयोजकमा इञ्जिनियर महेशसिंह धामी रहेका छन् भने सदस्यमा इञ्जिनियर बीर कार्की, जिल्ला उपसभापति प्रेमबहादुर बुढा र सह–सचिव बसन्त पाण्डे रहेका छन्।
समग्र विकासको रोडम्याप तयार गरी आगामी निर्वाचनमा जनतामाझ प्रस्तुत गर्ने उद्देश्यसहित समिति गठन गरिएको रास्वपाका सुदुरपश्चिम प्रदेशका पूर्वमहामन्त्री पारस बाहुनले जानकारी दिनुभयो। उनका अनुसार विकासका सम्भावना, अनुमानित लागत तथा आवश्यक समयावधिसहितको विस्तृत ब्लु प्रिन्ट तयारी गरेर मतदातासम्म जाने योजना रहेको छ।





प्रतिक्रिया दिनुहोस्