पूर्वराष्ट्रपतिले चुनाव हारेकाहरूको जमात बोकेर कुदिराख्नुभएको छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं सदस्यता छोडेको बताएका छन् ।

च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रम ओलीले राष्ट्रपति हुने बेला भण्डारी आफैंले सदस्यता छोडेको बताएका हुन् । ‘खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानु भएको हो,’ ओलीले भने ।

Seti Hospital

सदस्यता नवीकरणबारे पार्टीसँग छलफल पनि नगरेको अध्यक्ष ओलीले बताए ।

‘पार्टीले किन खोस्छ सदस्यता, थिएन त्यसो भएकाले खोस्नै परेन । सदस्यताका लागि आवेदन गर्नुभएको पनि छैन, नवीकरणका लागि पार्टीमा आएर कुरा पनि गर्नुभएको छैन,’ उनले भने, ‘बाहिर टेलिभिजनले दिने त होइन होला ?’

दर्ता चलानी शाखामा आएर पैसा बुझाउँदैमा सदस्यता नवीकरण नहुने तर्क पनि ओलीले गरे ।

‘कार्यालयमा आएर दर्ता चलानी फाँटबाट सदस्यता नवीकरण गरेँ भनेर, शुल्क तिर्दैमा सदस्यता पाउँछन् भन्ने हुन्छ ?,’ ओलीले  भने ।

राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि यस्तो समस्या सिर्जना हुन्छ भन्ने कल्पना समेत नगरेको पनि ओलीले बताए ।

‘दुई-दुई पटक राष्ट्रपति भएको मान्छे, पार्टीमा फर्केर आउने समस्या खडा गर्नुहुन्छ भन्ने कल्पना पनि गरेको थिएन,’ ओलीले भने ।

तर राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि ओलीले पार्टीभित्र चुनाव हारेका र असन्तुष्टहरूलाई बोकेर हिँड्ने काम गरेको बताए ।

‘पार्टीका सधैंका असन्तुष्ट, पार्टीका पक्षमा कहिल्यै नबोल्ने, र पार्टीका विभिन्न जनसंगठनका चुनाव हारेका मान्छेहरू असन्तुष्ट भएका मान्छेहरू तिनलाई भेला गरेर असन्तुष्टहरूको जमात खडा गरेर कुदिराख्नु भएको छ,’ ओलीले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार