वडाध्यक्ष बसे अनशन, गाउँसभा अनिश्चित

रौतहट — रौतहटको यमुनामाई गाउँपालिका-२ का अध्यक्ष सीताराम यादव आमरण अनशन बसेका छन् । शुक्रबार हुन लागेको गाउँसभाको पूर्वसन्ध्यामा पालिकाको कार्यालय अगाडि उनले अनशन सुरु गरेका हुन् ।  

आयव्यय लगायत १३ बुँदे माग राख्दै उनी अनशन बसेको प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादवले जानकारी दिए । ‘हामीले वडाध्यक्षले उठाएको विषयको माग सम्बोधन हुन्छ भनेकै छौं,’ उनले भने, ‘गाउँसभाको पूर्वसन्ध्यामा अनशन बसेर अनिश्चित बनाए, यस विषयमा छलफल हुँदै छ ।’

Seti Hospital

यो पालिकामा शुक्रबार गाउँसभा हुँदै छ । पालिकाको आयव्यय र आफूहरुको भत्ताको रकम उपलब्ध गराउन माग राख्दै बुधबार २१ जना वडासदस्यले कार्यालय अगाडि धर्ना तथा प्रदर्शन सुरु गरेका थिए । पालिकाले उनीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि धर्नाबाट पछि हटेका थिए । त्यसपछि वडाअध्यक्ष सीताराम यादवले अर्को बखेडा निकालेर अनशन सुरु गरेको गाउँपालिकाले जनायो ।

वडाअध्यक्ष यादवले आर्थिक वर्ष २०७९ देखि ०८२ सम्मको गाउँसभाको निर्णय, कार्यपालिका बैठकको माइन्युट, रातो किताब, ससर्त अनुदान, समपूरक, विशेष, स्वास्थ्य, शिक्षा, आर्थिक सहयोग वितरण लगायत बजेट योजनाको कागज, बैंक स्टेटमेन्ट र लेखा परीक्षण प्रतिवेदन प्रमाणित प्रतिलिपि, गाउँपालिकामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारीमा सबै तहका कर्मचारीको नियुक्तिको प्रमाणित प्रतिलिपि लगायतका माग राखेको वडाअध्यक्ष यादवले सुनाए ।

प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादवले माग सम्बोधन हुने भनेर आश्वासन दिँदा समेत नमानेको बताए । ‘वडाध्यक्षको अनसनले गाउँसभा अनिश्चित भएको छ,’ उनले भने ।

जिल्लाको १६ नगरपालिका र २ गाउँपालिकामध्ये १५ पालिकाले नगरसभा सम्पन्न गरेका छन् । देवाहीगोनाही, दुर्गाभगवती र यमुनामाई गाउपालिकाको सभा हुन सकेको छैन । चालु आर्थिक वर्षको योजना तर्जुमाका लागि हरेक वर्षको असार १० गतेभित्र सबै स्थानीय तहले नगरसभा सम्पन्न गरिसक्नुपर्ने ऐनमा व्यवस्था छ । नगरसभामार्फत चालु आर्थिक वर्ष २०८२/८३ का लागि स्थानीय तहले बजेट ल्याउनुपर्छ । यही कारण चालु आर्थिक वर्षका लागि असार १० गते नगरसभा गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सभा सम्पन्न गरेर प्रस्तुत बजेट असार मसान्तभित्र बहुमत सदस्यबाट पारित गर्नुपर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार