प्रहरीमा महिला प्रहरीको संख्या अझै बढाउनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले प्रहरीमा महिला प्रहरीको संख्या २० प्रतिशत बनाउनुपर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा आजदेखि सुरु भएको प्रथम महिला प्रहरी सम्मेलनको उद्‌घाटन गर्दै संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्था गरेपनि त्यहीअनुसार हुन अझै समय लाग्ने बताए।

‘हामीले आरक्षणको प्रबन्ध गरेका छौँ। तर त्यो अहिले नै पूरा हुने स्थिति छैन,’ उनले भने, ‘सरकारले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ। यो दीर्घकालीन कार्यक्रम हो। विस्तारै पूरा हुन्छ।’

SHIKHAR COOL TECH

उनले प्रहरीमा अहिले २० प्रतिशत हाराहारीमात्रै महिला कर्मचारी रहेको बताए। ‘प्रहरीमा महिलाको उल्लेख उपस्थिति बनाउनका लागि सरकार तत्पर छ। कानुनले आरक्षणको व्यवस्था गरेको छ। त्यहीअनुसार आवश्यक नीति र कार्यक्रमहरू बनाएर लागू गर्नुपर्छ। त्यसका लागि म तयार छु,’ उनले भने। दुई दिनसम्म संचालन हुने महिला सम्मेलन घोषणा पत्र जारी गर्दै सम्पन्न हुनेछ।

सम्मेलनको उद्‌घाटन सत्रमा पहिलो महिलासहित ५ जनालाई सम्मान गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार