सम्पर्क कार्यालय उद्घाटन दिउँसो, पूर्वराष्ट्रपति विद्या भण्डारीसहित बानेश्वरमा हुनेछन् एमाले नेता

काठमाडौं : राजनीतिमा सक्रियता देखाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय विहीबार दिउँसो बानेश्वरको थापा गाउँस्थित लाखेचौर मार्गमा उद्घाटन तय भएको छ।

४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ। तर यो भण्डारीको राजनीतिक गतिविधि सञ्चालनका लागि पनि उपयोग हुनेछ।

SHIKHAR COOL TECH

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने तय भएको छ। प्रमुख अतिथिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिए पनि स्वास्थ्यका कारण अनुपस्थित हुनेछन्।

मूल समारोह समितिका संयोजक तथा बागमति प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्रीलाई निम्तो गरेका थिए।

एमालेका अन्य नेताहरूलाई पनि निमन्त्रणा पत्र दिइएको छ। 

४५ वर्षदेखिको आफ्नो सदस्यता कसैले खान नसक्ने जवाफ दिएकी विद्याले मदन भण्डारी फाउन्डेसन मार्फत देशभर नेता कार्यकर्तासँग जोडिन थालेकी छन्।

विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको यो घरलाई २०४८ सालको चुनाव मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए। भण्डारीले यही घरबाट २०४८ मा काठमाडौं १ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए।

मदनले मात्रै होइन, विद्याले पनि २०५१ सालको चुनाव प्रचार प्रसारको लागि त्यही घर प्रयोग गरेकी थिइन्। उनी पतिको रहस्यमयी दुर्घटनापछि भएको उप निर्वाचनमा अत्यधिक मतले निर्वाचित भएकी थिइन्।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार