म एमालेकै कार्यकर्ता हुँ, आलोचनाबाट मुक्त छैन : विद्यादेवी भण्डारी

विराटनगर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा धेरै छलफल गर्नु आवश्यक नरहेको बताएकी छन् ।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

Seti Hospital

उनले भनिन्, ‘म नेकपा एमालेकै कार्यकर्ता हुँ । म पनि आलोचनाभन्दा मुक्त छैन । कोही पनि छैन । यस विषयमा धेरै छलफल गर्नु आवश्यक छैन ।’

राजतन्त्र र गणतन्त्र फरक व्यवस्था भएको भन्दै उनले अगाडि भनिन्, ‘राजा व्यक्ति हो । राष्ट्रपति एउटा पद हो । आवधिक हुन्छ । जो सुकै जनताको छोरा निर्वाचित भएर राष्ट्रपति बन्न सक्छन् । उनीहरू कार्यकाल सकिएपछि आफ्नो काममा फर्कन सक्छन् ।’

पूर्वराष्ट्रपति भण्डारीले पार्टीले कुनै भूमिका नदिए पनि आफू एमालेको संगठित सदस्य भएको बताइन् ।

एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा भण्डारीले गरे पनि पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरिसकेको छ ।

पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको उनको दाबी छ ।

‘४५ वर्ष भयो नेकपा एमालेको संगठित सदस्य भएको, विराटनगरमै मैले शपथ खाएको हुँ, मोरङ जिल्लामै,’ उनले भनिन्, ‘राष्ट्रपतिमा निर्वाचित हुँदा पार्टी सदस्य  लिएको ३५ वर्ष भएको थियो, र मलाई पार्टीले निर्णय गरेर तपाईं जानुपर्छ भनेर पठाएको हो ।’

राष्ट्रपतिको कार्यकाल सकिएपछि आफू पार्टीको राजनीतिमा फर्किएको उनले दोहोर्‍याइन् ।

‘हिजो पनि म नेकपा एमाले भएरै राष्ट्रपति निर्वाचित भएको हुँ,पार्टीले निर्णय गरेर पठाएको हो र आज पनि म एमालेमै छु,’ उनले भनिन्, ‘कुनै कुरामा कसैले विवाद उठायो होला, पार्टीको औपचारिक कुरा के छ, मलाई थाहा भएन । म केन्द्रमा छैन ।’

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालासँगको भेटमा सामान्य छलफल भएको उनले बताइन् ।

‘उहाँ पनि मोरङकै हो, हामी पनि त्यहीँ जन्मे–हुर्केको हो । भेटको कुरालाई यस्तो ठूलो हाउगुजीको रूपमा लिनुपर्ने म ठान्दिनँ,’ उनले भनिन् ,‘देशका समस्याबारे केन्द्रीय नेताहरूले छलफल गर्नु राम्रो कुरा हो ।’

पूर्वराष्ट्रपति भण्डारीले तत्काल बाम एकताको बलियो आधार नदेखेको बताइन् । तर, असम्भव भने नभएको उनको भनाइ छ ।

‘सम्भाव नै छैन भनेर मैले भन्न पनि मिलेन । तर सम्भावना म त्यति बलियो देख्दा पनि देख्दिनँ,’ उनले भनिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार