धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले मान्छेलाई सुरक्षित रुपमा अवतरण गराउन सकिने सेफ्टी जम्प एयर ब्याग भित्र्याएको छ।
घरमा आगलागी भएको अवस्थामा माथिल्लो तल्लामा रहेका मानिसलाई त्यसमा कुद्न लगाएर सुरक्षित अवतरण गराउने सेफ्टी जम्प एयर ब्याग धनगढीले किनेको हो।
यस ब्यागबाट धनगढीवासीलाई सेवा दिइने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए। उनले विशेष गरेर चार÷पाँच तल्लाको घरमा तल्लो वा अन्य तल्लामा आगलागी भएमा उद्धार गर्न कठिनाइ भएको बेला मान्छेलाई सेफ्टी जम्प एयर ब्यागमा कुद्न लगाइने बताए।
“आपतमा परेकालाई उद्धार गर्न नसकिने अवस्थामा उनीहरुलाई यस ब्यागमा कुद्न अभिप्रेरित गर्नेछौं”, उनले भने। सो सेफ्टी जम्प एयर ब्यागमा पम्पले आठ मिनेट तीन सेकेण्डमा हावा भरिने गरेको धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ। खरिद गरेर ल्याइएको सो ब्यागको धनगढी उपमहानगरपालिकाको कार्यालयमा परीक्षणसमेत गरिएको छ।
प्रतिक्रिया दिनुहोस्