कारागारभित्र कसरी हतियार र मादक पदार्थ जान्छ ? भन्दै संसदीय समितिमा उठ्यो प्रश्न

काठमाडौँ : जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले कारागारभित्र हातहतियार, मादक पदार्थ कसरी जान्छ ? भन्दै प्रश्न उठाएकी छिन् ।

Seti Hospital

बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले गृहमन्त्री रमेश लेखकलाई यस्तो प्रश्न गरेकी हुन् । कारागार सुरक्षाका लागी जेलर, सुरक्षा दिने निकाय हुँदाहुँदै पनि कारागारभित्र अवैध कारोबार भइरहेको उनको भनाइ छ ।

कारागारभित्र खुलेआम रूपमा पैसाको लेनदेन, मादक पदार्थको विक्री वितरणका साथै हातहतियार समेत प्रवेश गर्नु गम्भीर भएको उनले बताइन् ।

‘कारागारभित्र हातहतियार कसरी जान्छ ? कारागारभित्र मादक पदार्थ कसरी जान्छ ? कारागार भित्र हामी सुरक्षा गर्नलाई कारागारमा जेलरको व्यवस्था गरेका छौँ,’ उनले भनिन्, ‘सुरक्षा दिने निकाय छ, हामीसँग । प्रशासन छ, हामीसँग । तर भित्र चाहिँ पैसाको लेनदेन, मादक पदार्थको बिक्री वितरण । त्यसपछि हातहतियार समेत पुगेको अवस्था । कसरी हुन्छ, यतातिर मन्त्रालयलाई गम्भीर हुन म आग्रह गर्न चाहन्छु ।’

कारागारमा चौकीदार, नाइके, भाइ नाइके जस्तो नेतृत्वमा पुग्नको लागी हिसांत्मक घटना हुने गरेकोमा उनले चिन्ता व्यक्त गरिन् ।

उनले क्षमताभन्दा बढी कैदीबन्दी राख्दा पनि कारागारमा समस्या आउने गरेको बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार