‘सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा युवाहरुले आफूलाई उभ्याउनु पर्छ’

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली युवाहरुले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको बताएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना दिँदै उनले गरिबी, असमानता, जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौती हल गर्दै दिगो विकासका लक्ष्य प्राप्ती तथा त्यसपछिको अवस्थाका लागि युवा समुदायको पहलकदमीलाई आत्मसात गर्दै युवाहरुले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको बताए ।

Seti Hospital

यस्तै, उनले माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको भन्दै युवालाई केवल भविष्यको नेतृत्वको रूपमा होइन, वर्तमानकै निर्णायक शक्ति र परिवर्तनको अग्रदस्ताका रूपमा स्वीकार गर्नुपर्ने बताए । उनले युवाहरूको ऊर्जाशीलता, सिर्जनशीलता, वैज्ञानिक सोच र परिवर्तनको आकांक्षा नै समृद्ध र समाजवादी नेपाल निर्माणको आधार भएको भन्दै यस अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आफ्नो सीप, ऊर्जा र विचारलाई जनताका पक्षमा, राष्ट्रको समृद्धि र समाजको रूपान्तरणका लागि प्रयोग गर्न आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार