दुर्गा प्रसाईंलाई छाड्ने आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने

काठमाडौं : दुई फरक मुद्दा खेपिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो ।

Seti Hospital

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गरेर आफूहरु सर्वोच्च अदालत जाने बताए ।

‘दुवै आदेश न्यायको मान्य सिद्धान्त र कानूनी व्यवस्था विपरीत रहेको हाम्रो निष्कर्ष हो’ उनले भने, ‘यस्तो आदेशले विधिको शासनलाई प्रवर्द्धन गर्दैन भन्ने निष्कर्षका साथ हामी सर्वोच्च अदालतमा निवेदन लिएर जान लागेको हो ।’

त्यसका लागि आदेश र अरु फाइल अध्ययन गरी राय पेश गर्न महान्यायाधिवक्ता कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएको थियो ।

उच्च अदालत पाटनले आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार