न निर्मलाले न्याय पाइन्, न सरकारले आश्वासन दिन छाड्यो

धनगढी— विसं २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई सात वर्ष पूरा भए पनि दोषी अझै पत्ता लाग्न सकेका छैनन्।

निर्मला पन्त भीमदत्त नगरपालिका–२ उल्टाखामकी हुन्। उनी साथीको घरमा गृहकार्य गर्न गएकी थिइन्। भोलिपल्ट साउन ११ गते उनको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो।

Seti Hospital

घटनापछि देशव्यापी आन्दोलन भयो, सरकारले उच्चस्तरीय छानबिन समिति गठन ग¥यो, मानव अधिकार आयोग र प्रहरीले छुट्टाछुट्टै टोली खटाए। तर, आजसम्म अपराधी पहिचान हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराका अनुसार अहिलेसम्म १२४ जनाको डिएन परीक्षण र ६५५ जनासँग सोधपुछ गरिएको छ। “सिआइबीका १० टोली अनुसन्धानमा खटिसकेका छन्, अहिले पनि अनुसन्धान जारी छ,” उनले जानकारी दिए।

प्रहरीले सबैभन्दा बढी स्रोतसाधन खर्च गरेको यो प्रकरणमा उल्लेख्य उपलब्धि हासिल नभएकाले पीडित परिवार अझै न्यायको प्रतीक्षामा छ।

२०७५ भदौ ४ गते दिलीपसिंह विष्टलाई अभियुक्त बनाएर सार्वजनिक गरिएको थियो। तर, उनी मानसिक रोगी भएको प्रमाणित भएपछि सरकारी वकिलको कार्यालयले रिहा गरेको थियो।

उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दा रवि लामिछानेले पहिलो निर्णय नै निर्मलालाई न्याय दिलाउने घोषणा गरेका थिए। तर, दुईपटक गृहमन्त्री बने पनि ठोस प्रगति हुन सकेन। अहिले सोही जिल्लाका सांसद रमेश लेखक गृहमन्त्री भए पनि मुद्दा प्राथमिकतामा परेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार