कैलालीमा लघुवित्त संस्थामा तोडफोड, ऋण मिनाहाको माग

भक्तराज जोशी

कैलाली – कैलालीको जोशीपुर गाउँपालिका–२ मा रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा आज तोडफोड भएको छ।

लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका विभिन्न स्थानबाट आएका करिब १५ देखि २० जना महिलाको समूहले संस्थाको साइनबोर्ड तोडफोड गरेको र कार्यालयमा तालाबन्दी गर्न प्रयास गरेको स्थानीयले बताएका छन्।

उनीहरूले आफूहरूलाई संघर्ष समितिको केन्द्रीय निर्देशनअनुसार आन्दोलनमा उत्रिएको बताए। सहभागी महिलाहरूले भने, “हाम्रो क्षेत्रका दिदीबहिनीको बचत रकम फिर्ता गरिएको छैन। हाम्रो मुख्य माग ऋण मिनाहा हो। त्यो माग पूरा नभए निरन्तर आन्दोलन गर्नेछौं।”

प्रशासनको प्रत्यक्ष सहभागिता बिना भएको उक्त घटनामा कुनै ठूलो क्षति नभएको जनाइएको छ। तर, आन्दोलनकारीहरूले चेतावनी दिएका छन् कि माग पूरा नभएसम्म यस किसिमका गतिविधि जारी रहनेछ।

हाल देशभर विभिन्न लघुवित्त संस्थाविरुद्ध ऋण मिनाहा र उच्च ब्याजदर खारेजको मागसहित आन्दोलन हुँदै आएको छ। कैलालीको जोशीपुरमा भएको यो घटना पनि सोही श्रृंखलाको एक भाग मानिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार