पञ्चायत निर्वाचनका लागि भारतसँग जोडिएका नाका बन्द

दार्चुला :  भारतको उत्तराखण्ड राज्यमा हुने पञ्चायत निर्वाचनलाई मध्यनजर गरी दार्चुलासँग जोडिएका नाका ७२ घण्टाका लागि बन्द गरिएका छन् । आज बिहानैबाट साउन ८ गते निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्म भारतसँग सीमा जोडिएका सबै नाकाहरू बन्द भएको जिल्ला प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतको उत्तराखण्ड प्रदेशमा आगामी साउन ८ र १२ गते दुई चरणमा पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको निर्वाचन हुँदै छ ।

सोही निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै दुवै देशका स्थानीय प्रशासनको समन्वयमा दार्चुलाका सीमा नाकाहरु ७२ घण्टाका लागि बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । भारतको उत्तराखण्डमा जुलाई २४ मा ग्राम पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको लागी मतदान हुने छ । भारतसँग दार्चुलाका लाली, बाकु, जौलजिवि, दत्तु, खलंगा पुलघाट, बडूगाउँ, तिग्रम, मल्घट्टे, मालघाट र सितापुल नाका जोडिएका छन् ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार