मन्त्री गुप्ताको अडियो छानबिन गर्न रास्वपा सांसद सुमना श्रेष्ठको माग

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो काण्ड छानबिन गर्न माग गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले छानबिनको माग गरेकी हुन् । 

‘मन्त्रिमण्डलको अर्को काण्ड कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ, जिल्लाको भूमि आयोगमा सेटिङ भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजेको कुरो त बुझ्यौ नी,’ सांसद श्रेष्ठले भनिन्, ‘आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन, एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ । यसको छानबिनको माग गर्दछौँ ।’ 

Seti Hospital

उनले सम्बन्धित ठाउँ भनेको कुन ठाउँ हो ? कसको ठाउँ हो भनेर प्रश्न गरिन् । ‘अडियोमा भनिएको बा को हुन् ? दुई तिहाइ भनेको मिलिजुली भाग खानलाई हो ?  कसको तागत, कस्तो संस्कार के फरक भयो यी सबै वर्षहरूमा ? जनताले के पाए ?,’ सांसद श्रेष्ठले भनिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार