प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउनुहुँदै !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै हुनुहुन्छ । प्रधानमन्त्री झापा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । झापासँग सिमा जोडिएको ईलामको माई नगरपालिकामा आयोजना हुने कार्यक्रम बाहेक दुई दिन झापामा विभिन्न कार्यक्रमहरु राखिएको छ ।

नेकपा एमाले झापाका सचिव एवम् प्रधानमन्त्री ओलीका उपस्वकीय सचिव तुलसी कार्कीका अनुसार शनिबार बिहान  ११ः३० बजे झापाको भद्रपुर विमानस्थल भएर ओली झापा आउनुहुनेछ । उहाँका अनुसार शनिबार र आइतबार झापामा विभिन्न कार्यक्रमहरु तय भएको छ । बुद्धशान्ति गाँउपालिकामा अस्पतालका उद्घाटन, कन्काई नगरपालिकामा धनीपुर्जा वितरण कार्यक्रम शनिबारका लागि तय भएको बताइएको छ ।

Seti Hospital

यसैगरी, आइतबार प्रधानमन्त्री ओलीले दमकमा विश्व बैंकको लगानी र दमक नगरपालिकाले ठेक्का लगाएर बनाइएको मदनडाँगी ताराबारी डिपु नमुना सडकको स्तरउन्नती कार्यको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैगरी बहुप्रतिक्षित गौरीगन्जको रतुवा खोलाको उद्घाटन कार्यक्रम पनि आइतबार राखिएको कार्कीले जानकारी दिनुभयो । सोही दिन बिर्तामोडको सिटी सेन्टरमा कार्यकर्ताहरुलाई सम्बोधन गरेर प्रधानमन्त्री ओली काठमाडौँ फर्कनुहुनेछ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार