दार्चुलाको अपिहिमाल गाउँपालिकाले सार्वजनिक गर्यो ‘मल्देशी लोक संस्कृतिको सँगालो’ नामक पुस्तक

दार्चुला : स्थानीय भाषा, संस्कार, संस्कृति, परम्पराको उत्थान र जगेर्ना गर्न दार्चुलाको अपिहिमाल गाउँपालिकाले ‘मल्देशी लोक संस्कृतिको सँगालो’ नामक पुस्तक विमोचन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा र उपाध्यक्ष देवकीदेवी बोहराले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । गाउँपालिकाका अध्यक्ष बोहराले स्थानीय भाषा, कला, संस्कृति र रहनसहनको जगेर्ना गर्न स्थानीय सरकारले बजेट विनियोजन गरी कार्य गर्दै आइरहेको बताए ।

मल्देशी भाषा तथा संस्कृति उत्थान समाजका अध्यक्ष लक्ष्मणसिंह बोहराले भाषा तथा संस्कृति संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको बताउँदै गाउँपालिकाको आर्थिक सहयोगमा समाजले मल्देशी लोक संस्कृतिभित्रका रहनसहन, वेषभूषा, रीतिरिवाज जस्ता कुरा सङ्कलन गरी पुस्तक प्रकाशन गरेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार