काठमाडौं : उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ ।

देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका डाक्टरहरू आज सेतो कोटसहित सडकमा उत्रिएका छन् ।
उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज माइतीघर मण्डलामा धर्ना दिई बिजुली बजारसम्म र्याली गरी विरोध प्रदर्शन गरेका छन् ।

संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा हिजो सोमबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।
आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ। ओपीडी बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन् । आन्दोलन कहिलेसम्म चल्ने टुंगो नहुँदा उनीहरू अन्योलको स्थितिमा छन् ।
प्रतिक्रिया दिनुहोस्