प्रधानमन्त्री ओली र रेशम चौधरीबीच वार्ता

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । बालुवाटारमा दिउँसो करिब एक घण्टा प्रधानमन्त्री ओली र चौधरीबीच कुराकानी भएको हो ।

चौधरीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पार्टीका मन्त्री रामेश्वर चौधरीलाई विनाकारण बर्खास्त गरेको भन्दै ओलीसँग कुरा राखेका थिए । मन्त्री बर्खास्तपछि प्रदेश र संघमा आफ्नो पार्टीले समर्थन फिर्ता लिएको विषयमा पनि चौधरीले जानकारी गराएका थिए । 

प्रधानमन्त्री ओलीले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने बताएको चौधरीको सचिवालयको भनाइ छ । शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता दिएको नाउपाले शनिबार संघ सरकारबाट पनि समर्थन फिर्ता लिने निर्णय गरेको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार