स्पेन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओली स्पेनको औपचारिक भ्रमणबाट स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन असार १४ गते स्पेन प्रस्थान गरेका प्रधानमन्त्री शुक्रबार स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओली स्पेनबाट दोहा हुँदै कतार एयरवेजमा काठमाडौं फर्किएका हुन् । प्रधानमन्त्रीकाे भ्रमण टोलीमा २१ जना सदस्य सहभागी थिए ।

Seti Hospital

स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरससँग भेटवार्ता गरेका थिए ।

सँगै, स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग पनि भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका थिए । जहाँ अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता पनि गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार