रविको पक्षमा हस्ताक्षर गर्दा झण्डै जागिर चैट

काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी आचारसंहीता विरुद्ध काम गरेको भन्दै एक ट्राफिक प्रहरीका सइलाई काठमाडौं झिकाएको छ । रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सईलाई प्रहरी प्रधान कार्यालयले काठमाडौं झिकाएको जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँके दरबन्दी भएका सई कमल खड्काले रास्वपाद्वारा सञ्चालित ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ कार्यक्रमअन्तर्गत नेपालगञ्जमा हस्ताक्षर गरेका थिए । 

Seti Hospital

बर्दी लगाएर ड्युटी खटिएको अवस्थामा उनले हस्ताक्षर गरेको तस्वीर भाइरल भएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार उनले प्रहरी आचारविरुद्ध गम्भीर काम गरेका कारण आवश्यक सोधपुछका निम्ति काठमाडौं बोलाइएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार