कैलाली । कञ्चनपुरमा आइतबार (असार १५) बिहान भारी वर्षा भएको छ । हनुमाननगरमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चौधर नदी र साना खोलामा बहाव बढ्ने सम्भावना छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“असार १५, बिहान ५ः४० बजे । पछिल्लो एक घण्टामा कञ्चनपुर जिल्लास्थित हनुमाननगर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएकोले सो क्षेत्र भई बहने चौधर नदी र स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।
गए राति काठमाडौंसहित धेरै स्थानमा वर्षा भएको छ । मौसमविद्ले आइतबार (असार १५) र सोमबार (असार १६) लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा ‘धेरै भारी’ वर्षाको सम्भावना औँल्याएका छन् । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।
प्रतिक्रिया दनुहोस्