“रिपोर्टिङमा गएका पत्रकारलाई डाक्टरको व्यंग्य : ‘पहिले इथिक्स पढ’,इथिक्स टिप्पणीप्रति सञ्चारकर्मी आक्रोशित”

धनगढी — धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत एक वरिष्ठ चिकित्सकले पत्रकारहरूमाथि “पत्रकारिताको इथिक्स पढेर आउ” भन्दै दिएको टिप्पणीलाई लिएर सञ्चारकर्मीहरूले कडा आपत्ति जनाएका छन्।

सुदूरपश्चिम अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष भक्तराज जोशीको नेतृत्वमा अस्पतालमा रिपोर्टिङका लागि पुगेको पत्रकार टोलीलाई अस्पतालका वरिष्ठ कन्सल्टेन्ट न्युरो सर्जन डा. हरि पौडेलले पत्रकारिताको आचारसंहिता पढेर आउन सुझाव दिँदै गैरजिम्मेवार व्यवहार देखाएको आरोप लागेको छ।

Seti Hospital

घटनास्थलमा रहेका पत्रकारहरूका अनुसार, बिरामीको अवस्थाबारे जानकारी लिन खोज्दा डा. पौडेल उत्तेजित हुँदै पत्रकारहरूमाथि आक्षेपजन्य टिप्पणी गरेका थिए। टोलीमा कल २४ न्युजका सञ्चालक भक्तराज जोशी, सनराइज टेलिभिजनका समाचार प्रमुख सुदीप थापा, सुदूरपश्चिम टाइम्सका सम्पादक रमेश एडी, सामुदायिक खबरका सम्पादक महादेव गिरी, सुदूरपत्र डटकमका सहसम्पादक लवदेव धामी र जनबोली खबरका सञ्चालक हरिस भट्ट लगायत थिए।

सङ्घका अध्यक्ष जोशीले भने, “पत्रकार र पत्रकारितामाथि अनावश्यक टिप्पणी गर्नु दुःखद, आपत्तिजनक र निन्दनीय छ।” उनले पत्रकारहरूको व्यावसायिक धर्मलाई नै अपमानित गर्ने खालको व्यवहारको भर्त्सना समेत गरे।

यस घटनाले पत्रकारिता नैतिकता र चिकित्सकीय पेसागत मर्यादाको सीमानाबारे बहस उठाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

0%

दु :खी

0%

अचम्मित

29%

उत्साहित

14%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार