बाँकेमा नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं : गत शनिबार नेपाली सेनाले बाँकेको नरैनापुर गाउँपालिका-२ स्थित लक्ष्मणपुर स्वास्थ्य चौकी परिसरमा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

नेपाली सेनाको बाँके स्थित बज्रदल गण र सैनिक अस्पताल नेपालगञ्जको आयोजना तथा अन्य सरोकारवाला निकाय तथा स्वास्थ्य संस्थाहरूको प्रत्यक्ष सहभागितामा सञ्चालित उक्त स्वास्थ्य शिविरमा महिला २५९, पुरुष २२६ र बालबालिका २२६ गरी कूल ७११ जना स्थानीयले प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । 

बाँके जिल्लाको पिछडिएका एवं सरकारी सेवा सुविधाको कम पहुँच भएको क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य शिविरमा बाल रोग, छाला तथा यौन रोग, प्रसूति तथा स्त्री रोग, डेन्टल, नाक, कान तथा घाँटी रोग, नशा तथा हाड जोर्नी लगायतका विशेषज्ञ डाक्टरहरूबाट नि:शुल्क स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार