धनगढी-५ मा आयुर्वेदिक सेवा केन्द्र सञ्चालन, २ महिनामा ७ सय बढी लाभान्वित, वाहवाही कमाउँदै अध्यक्ष शाही !

भक्तराज जोशी

धनगढी । जनप्रतिनिधि तब सफल हुन्छन्, जब उनीहरु जनताका सेवक बन्छन् । जनप्रतिनिधि तब मात्र जनप्रिय बन्छन्, जब उनीहरुलाई जनताले मनबाटै रुचाउन थाल्छन् । त्यसका लागि जनताका पक्षमा काम गर्नुपर्छ । जुन अपेक्षा गरेर जनताले मतदान गरेका हुन्छन्, सोही जन अपेक्षाअनुसार काम गरे मात्र जनप्रतिनिधि जनताका प्रिय हुन्छन् । तर, पछिल्ला दिन नेपालमा, अझ त्यसमा पनि सुदूरपश्चिममा त्यस्ता जनप्रिय जनप्रतिनिधि पाउन निकै मुस्किल छ । तथापि केही जनप्रतिनिधि यस्ता पनि छन्, जो चुनाव जितेदेखि नै जनताको समस्या समाधान गर्न अहोरात्र खटिएका छन् । ती मध्ये एक हुन्, धनगढी उपमहानगरपालिका ५ का अध्यक्ष गजेन्द्र शाही । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीले चुनाव जिते यता आफ्नो वडामा गरेका कामका फेहरिस्त थुप्रै छन् । त्यसमध्येको एक हो आयुर्वेदिक सेवा केन्द्र । 

Seti Hospital

अध्यक्ष शाहीले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक स्थानीय तहको सक्रियतामा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा आयुर्वेदिक सेवा केन्द्र सञ्चालनमा ल्याएका छन् । वडा कार्यालयको परिसरभित्रै सञ्चालनमा ल्याइएको उक्त सेवा केन्द्रबाट वडा नम्बर ५ मात्र होइन, वडा नम्बर ६ र ११ का स्थानीयले समेत सेवा लिँदै आएका छन् । 

वडाध्यक्ष शाहीकै प्रमुख पहलमा उक्त सेवा केन्द्र बैशाखदेखि सञ्चालन आएको थियो । सेवा केन्द्रको उद्‌घाटन पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले गरेको थिए । सेवा केन्द्र सञ्चालनमा आएको दुई महिनामै ७ सय भन्दा धेरै स्थानीयले सेवा लिइसकेको वडा कार्यालयले जनाएको छ । 

त्यसो त सेवा दिन पाउँदा वडा कार्यालय मात्र होइन, सेवा लिने नागरिक पनि निकै खुसी छन् । उक्त सेवा केन्द्रमा हाल दैनिक सेवा लिनेहरुको भीड लाग्छ । बालबालिका, युवा, बयस्कदेखि वृद्धवृद्धाहरुले वडा नम्बर ५ मा रहेको आयुर्वेदिक सेवा केन्द्रबाट लिइरहेका छन् । अझ उमेर ढल्दै जाँदा उपचारका लागि टाढा टाढा पुग्न नसक्ने उमेरका वृद्धवृद्धाहरु घर नजिकै आयुर्वेदिक सेवा केन्द्र सञ्चालन हुँदा खुसी मात्र छैनन्, बरु वडा कार्यालयप्रति त्यत्तिकै कृतज्ञ पनि छन् । 

उनीहरुले आयुर्वेदिक सेवा केन्द्र सञ्चालन हुँदा आफूहरुलाई उपचारमा सहज भएको भन्दै वडा कार्यालय र वडाध्यक्ष शाहीलाई धन्यवादसमेत दिएका छन् । 

यता आयुर्वेदिक सेवा केन्द्र सञ्चालनमा आएको दुई महिनामै अपेक्षा गरे भन्दा राम्रो प्रतिक्रिया आएपछि वडाध्यक्ष शाही पनि दंग छन् । हाल सेवा केन्द्र थप विस्तार हुँदै गएको र अझै व्यवस्थित सेवा प्रवाहका लागि उपमहानगरपालिका र प्रदेश सरकारसँग निरन्तर छलफल गरिरहेको शाहीले बताएका छन् । 

शाहीका अनुसार उक्त आयुर्वेदिक सेवा केन्द्रको भवन वडाको बजेटमै निर्माण गरिएको हो । अझै पनि वडाकै बजेटले औषधि खरिद गर्नेदेखि कर्मचारी व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको शाहीको भनाई छ । हाल खुम्चिएर प्रवाह भइरहेको केन्द्रको सेवा थप विस्तार गर्ने र सेवा अझै सहज र गुणस्तरीय बनाउने योजना रहेको अध्यक्ष शाहीले बताएका छन् । 

त्यस्तै, अध्यक्ष शाहीले आयुर्वेद सेवा केन्द्रलाई थप व्यवस्थित बनाउने योजना रहेको उल्लेख गरेका छन् । उनले उक्त सेवा केन्द्र सुदूरपश्चिम प्रदेशमै स्थानीय तहको सक्रियतामा सञ्चालित उदाहरणीय केन्द्र भएको पनि बताएका छन् । हाल उक्त सेवा केन्द्रको सेवा प्रभावकारीसँगै लोकप्रिय हुँदै गएपछि पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले समेत केन्द्रको सेवा विस्तारमा चासो देखाएका छन् । 

आयुर्वेद सेवा केन्द्र सञ्चालन गरेर वाहवाही कमाएका वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाही २०७९ सालको स्थानीय तहको निर्वाचनमा अत्याधिक मतसहित विजयी भएका थिए । सामाजिक सेवा र विकास निर्माणका काममा सक्रिय अध्यक्ष शाहीको काम गर्ने शैलीको धनगढी उपमहानगरपालिका मात्र होइन, सुदूरपश्चिम र अन्य प्रदेशमा पनि चर्चा हुने गरेको छ । यता वडा नम्बर ५ का स्थानीयले समेत उनी वडा अध्यक्षमा निर्वाचित भएयता पाँच वर्षमा हुने काम एक वर्षमै सम्पन्न गरेको र १०–१५ वर्ष लाग्ने काम ३ वर्षमै सम्पन्न गरेको बताएका छन् । 

गरे के सम्भव छैन र ? भन्ने प्रमाणित गरेका अध्यक्ष शाही हिजो र आज पनि जनताकै सेवामा तल्लीन छन् र भोलिका लागि पनि बृहत योजनासहित उनी जनसेवाका लागि तयार छन् । सबै जनप्रतिनिधिले अध्यक्ष शाहीले जस्तै सोच्ने हो भने देश बन्न खासै धेरै समय लाग्ने थिएन । हार्दिक बधाई अध्यक्ष शाहीलाई र आगामी दिनका लागि शुभकामना ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार