धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।
प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले आगामी आर्थिक वर्ष २०८२÷८३ को लागी ३३ अर्ब ४७ करोड ६० लाखको बजेट सार्वजनिक गरेका हुन् ।
बजेटमा चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख र पूँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै अन्तर सहकारी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतिक्रिया दनुहोस्