गायिका रचना रिमालको स्वास्थ्यमा सुधार

काठमाडौँ : गायिका रचना रिमाल केही दिनदेखि ह्याम्स अस्पतालमा उपचारत छिन् । कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ ल्याएर उपचार थालिएको हो ।

उनको अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ । सङ्क्रमणले सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको छ । चिकित्सकले उनको उपचार गरिरहेका छन् ।

Seti Hospital

उनको अवस्थामा बिस्तरै सुधार भइरहेको गायक तथा संगीतकार श्रीधर अधिकारीले जानकारी दिएका छन् । ‘म उनलाई भेट्ट दैनिक पुग्छु । बिस्तारै स्वास्थ्य अवस्थामा सुधार आएको छ’, अधिकारीले भने ‘भोली अझै राम्रो देखियो डिसचर्ज हुन सक्छिन् ।’

रुकुम पश्चिमबाट सुरुमा उनलाई सेनाको हेलिकोप्टर मार्फत नेपालगन्ज ल्याइएको थियो । त्यसपछि काठमाडौँमा ल्याएर उपचार थालिएको हो ।

रिमाल रुकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन पुगेकी थिइन् । अचानक पेट दुखेपछि उनलाई नेपालगन्ज हुँदै काठमाडौँ ल्याइएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार