नेपालमा पहिलो पटक विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम सञ्चालनमा

भक्तराज जोशी

काठमाण्डाै – उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय ‘डिजिटल’ तालिम सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घले अर्विस इन्टरनेशनल भारतको आर्थिक एवम् प्राविधिक सहयोगमा विराटनगर आँखा अस्पतालमा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय तालिम सञ्चालनमा ल्याएको हो ।

आँखा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने ‘क्लिनिकल’, ‘पारामेडिक्स’, व्यवस्थापन तथा प्रशासनिक कर्मचारीलाई तालिम प्रदान गरेर दक्ष जनशक्तिका रूपमा विकसित गर्ने ध्येयले आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय तालिम परियोजनासमेत सञ्चालनमा आएको छ ।

Seti Hospital

परियोजनाले विशेष गरेर समय, आर्थिक अभाव, भाषा र विदेश गएर तलिम लिन नसक्नेलाई सहयोग पुर्‍याउने सङ्घको दाबी छ । सङ्घका अनुसार नेपालबाट उपचारपछि निको हुने अन्धोपना निवारण गर्न तालिममार्फत निस्केका जनशक्तिले कोशेढुङ्गाको काम गर्नेछन् ।

तालिम परियोजना सञ्चालन गर्न नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द र अर्विस इन्टरनेशनल भारतका निर्देशक डा. ऋषिराज बोराहले विराटनगरमा द्विपक्षीय  सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । दुई संस्थाबीचको सहकार्यले नेपाललाई आँखा उपचारसम्बन्धी डिजिटल तालिम ‘हब’ का रूपमा विकसित गर्ने लक्ष्य छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार