बैतडीको पुर्चौंडी नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा

बैतडी : बैतडीको पुर्चाैंडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ। सोमवार ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित खोप नगरस्तरीय समन्वय समितिले पुर्चाैंडीलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेको हो।

पाँच वर्षमुनिका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप लगाएको यकीन भइसकेपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कँुवरले जानकारी दिए। 

Galaxy

यसअघि नगरका १० वटै वडालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको थियो। बालबालिकालाई विभिन्न १३ वटा रोगविरुद्ध खोप दिने गरिएको छ। नगरले १० जना खोप कार्यकर्ता र १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसमेत गरेको स्वास्थ्य शाखा प्रमुख कँुवरले बताए। उनका अनुसार पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै २० जनालाई सम्मान गरिएको हो। 

नगरले पूर्णखोप सुनिश्चित तथा दिगोपनाका लागि हरेक वर्ष राष्ट्रिय खोप तालिका अनुसार पाँच वर्षमुनिका बालबालिकाले खोप पाए÷नपाएको यकीन गर्न घरधुरी सर्वेक्षण गर्दै आएको छ। छुटेका भए उनीहरूलाई खोपको दायरमा ल्याएपछि मात्रै पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर्ने प्रावधान रहेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार