आज रूसी भाषा दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौंः आज रूसी भाषा दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ।

यहाँस्थित रूसी सांस्कृतिक केन्द्रको आयोजनामा आज अपराह्न एक कार्यक्रमका साथ यो दिवस मनाइँदै छ।आधुनिक रूसी साहित्यका संस्थापक अलेक्ज्याण्डर सर्गेइभिच पुष्किनको २२६ औँ जयन्तीका रूपमा पनि यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी सञ्चार विभागले २०१० मा गरेको प्रयासस्वरूप त्यसयता हरेक वर्ष ६ जुनमा रूसी भाषा दिवस मनाउन थालिएको हो।

संयुक्त राष्ट्रसङ्घमा पनि आज यो दिवस विविध कार्यक्रमका साथ मनाइने उक्त विश्व संस्थाले जनाएको छ।राष्ट्रसङ्घका अनुसार रूसी भाषा उक्त संस्थामा प्रयोग हुने छ वटा आधिकारिक भाषामध्येको एक हो यो भाषा दिवसको उद्देश्य बहुभाषिकता र सांस्कृतिक विविधता मनाउनु र संस्थामा सबै छ वटा आधिकारिक भाषाको समान प्रयोगलाई प्रवर्द्धन गर्नु हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार