के हो एमालेले बुझाउन खोजेको ‘झोले’को अर्थ ?

भक्तराज जोशी

धनगढी । अहिले देशभर, खासगरी एमालेको सर्कलमा झोले शब्द निकै चर्चित छ । अझ एमाले अध्यक्ष केपी शर्मा ओलीले नै ‘म झोले हो’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि सामाजिक सञ्जालमा झोले अभियान नै चलेको छ ।

ब्याक टू ब्याक एमालेका नेताहरुले ‘म झोले हो’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । र त्यसैको सिको गर्दै एमालेका कार्यकर्ताहरुले पनि ‘म झोले हो’ भन्दै पोष्ट गरिरहेका छन् ।

Seti Hospital

आखिर के हो एमालेले बुझाउन खोजेको झोलेको अर्थ ? यो प्रश्न हामीले एमालेका कैलाली जिल्ला कमिटीका उपाध्यक्ष लोकेन्द्र शाहीलाई सोधेका छौँ ।

उनले एमालेले बुझाउन खोजेको झोलेको अर्थ पार्टीको विचार झोलामा बोक्ने व्यक्ति भएको बताएका छन् । उनले आफूहरुले पार्टीको विचारलाई झोलामा बोकेर जनताको सेवामा हिँडिरहेको र सोही सन्देश दिन म झोले भन्ने अभियान चलाएको बताए ।

उनले आफूहरुले पार्टीको केन्द्रीय निर्णय र सिद्धान्तलाई झोलामा बोकेर हिँड्ने भएकाले आफूहरु एमालेको झोले भएको बताएका छन् ।

यता सोही प्रश्नमा एमालेको धनगढी नगरसमिति अध्यक्ष अम्बिका विष्ट (मल्ल)ले झोले भन्दै एमाले नेता र कार्यकर्ताको चौतर्फी आलोचना र नकारात्मक टिप्पणी हुन थालेपछि कार्यकर्ता र पार्टीका पदाधिकारीलाई उत्साह दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले म झोले भन्ने अभियान चलाएको बताएकी छिन् ।

उनले एमालेले बुझाउन खोजेको झोलेको अर्थ जिम्मेवारीको झोला बोक्ने व्यक्ति भएको पनि बताएकी छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार