‘केपी ओली मेरो राजनीतिक करियर समाप्त पार्न लागिरहेका छन्’

काठमाडौं :  एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो राजनीतिक जीवन समाप्त पार्न लागेको आरोप लगाएका छन्।

पतंजली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनले यस्तो बताए।

आज बिहीबार रौतहटस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग केपी ओलीमा बदलाको भाव भएकाले आफू विरुद्ध सुरुदेखि नै लागेको बताएका हुन्। आफ्नो राजनीतिक करिअर समाप्त पार्न ओली लागि परेको अध्यक्ष नेपालको दाबी छ

‘मेरो नियत भ्रष्टाचार गर्ने होइन, म बाट भ्रष्टाचारका लागि आदेश दिने काम भएको छैन’, अध्यक्ष नेपालले भने, ‘मेरो राजनीतिक क्यारियर समाप्त पार्ने केपी ओलीको नियत नै हो। पहिला पनि उहाँले पटकपटक यस्तै कोशिस गर्नुभएको हो। उहाँ बदलाको भावनाबाट चलिरहनुभएको छ।’

अख्तियारले माधव नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार