कैलालीको गोदावरीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

धनगढी: कैलालीको गोदावरी नगरपालिकामा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ।

नेपाल सरकारका उप–प्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाश मान सिंहले बिहिवार केन्द्रको समुद्घाटन गरेका हुन्।

Seti Hospital

सहरी विकास तथा भवन निर्माण विभाग, क्षेत्रीय सहरी विकास आयोजना, धनगढीले ठेक्का मार्फत निर्माण गरेको केन्द्र बिहिवारदेखि सञ्चालनमा आएको हो। एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र तथा दिशाजन्य पदार्थको प्रशोधन प्रणाली सञ्चालनमा आएको सहरी विकासले बताएको छ।

एसियाली विकास बैँकको ऋण सहयोगमा २०७९ श्रावण २ गते केन्द्र निर्माणको ठेक्का भएको थियो। सहरी विकासले २०८१ भदौ १९ गते निर्माण पूर्ण गरेको ५६ करोड २७ लाख ५३ हजार पाँच सय ३८ रुपैयाँ आयोजनाको दैनिक १३ दशमलव ५१ टन फोहोर व्यवस्थापन गर्ने क्षमता रहेको छ। आयोजनाको २३ वर्षको सञ्चालनको आयु रहेको छ। क्षेत्रीय सहरी विकासले दिशाजन्य पदार्थको प्रशोधन प्रणालीको दैनिक क्षमता १३ घन मिटर रहेको बताएको छ। तीन वर्ष निर्माण व्यवसायीले सञ्चालन गर्ने प्रावधान रहेको छ। दुई वटा प्रशोधन इकाईहरू रहेका छन।

सिचुवान प्रोभेन्स जियोलोजिकल इन्जिनियरिङले प्रशोधन केन्द्र निर्माण गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार