काठमाडौं । सिंहदरबारको दक्षिण गेटबाट राजावादी युवाहरू पक्राउ परेका छन् ।
राजतन्त्र पुन:स्थापना र गणतन्त्रविरोधी नारा लगाउन पुगेकामध्ये ४ जनालाई गेटबाहिरबाट प्रहरीले पक्राउ गरेको हो ।

हिजो राजसंस्था पुन:स्थापनाका लागि आन्दोलनको नयाँ कार्यक्रम तय गर्न बोलाइएको भेलामा बुढाहरूले आन्दोलनको नेतृत्व गर्न नसक्ने भन्दै युवाहरूले छुट्टै बैठक राखेर संघर्षको कार्यक्रम तय गरेका थिए ।
सोही घोषणाअनुरूप युवाहरूले आज राजतन्त्रको पक्षमा सिंहदरबारमा नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया दनुहोस्