काठमाडौं : जर्मन डेटा पोर्टल स्टाटिस्टा द्वारा हालै प्रकाशित गरिएको विश्वव्यापी उपभोक्ता सर्वेक्षणअनुसार, अमेरिका अहिले पनि आईफोन प्रयोगकर्ताको सबैभन्दा ठूलो बजार बनेको छ । सर्वेक्षणअनुसार विश्वभर सक्रिय रहेका कुल आईफोन उपकरणमध्ये पाँचमा एक अर्थात् झण्डै २० प्रतिशत अमेरिका एक्लैले ओगटेको छ ।
२०२३ सम्ममा विश्वभर सक्रिय आईफोनको संख्या १.३८ अर्ब नाघिसकेको छ । यद्यपि बिक्रीको दर केही सुस्त भएको देखिए पनि प्रयोगकर्ताको संख्या भने बढिरहेको छ । यसको मुख्य कारण उपभोक्ताहरूले आफ्नो आईफोन लामो समयसम्म प्रयोग गर्ने प्रवृत्ति हो । तथ्यांकअनुसार, अमेरिका भित्र मात्रै आईफोन प्रयोगकर्ताको प्रतिशत करिब ७२ प्रतिशत पुगेको छ ।
थाइल्यान्डमा सस्तो, अमेरिकामा सबैभन्दा कम मूल्यमा आईफोन १६
मूल्य ट्र्याक गर्ने वेबसाइट नुकेनी द्वारा तयार गरिएको सूचीअनुसार, दक्षिणपूर्वी एसियाली देशहरूमध्ये थाइल्यान्डमा आईफोन १६ को मूल्य सबैभन्दा सस्तो छ । १२८ जिबी क्षमताको आईफोन १६ त्यहाँ अमेरिकी डलर ८९७ मा उपलब्ध छ । दोस्रो सस्तो मुल्य भियतनाममा छ, जहाँ यसको मूल्य अमेरिकी डलर ९३२ रहेको छ ।
त्यस्तै, विश्वभर हेर्दा आईफोन १६ किन्न सबैभन्दा सस्तो स्थान अमेरिका हो, जहाँ यसको मूल्य अमेरिकी डलर ८२९ छ । चीन पनि किफायती विकल्पका रूपमा देखिएको छ, जहाँ यही मोडलको मूल्य अमेरिकी डलर ८४३ रहेको छ ।
आईफोन १५ बनेको २०२४ को सबैभन्दा बढी बिक्री भएको स्मार्टफोन
काउन्टर पोइन्ट रिसर्च का अनुसार, आईफोन १५ सन् २०२४ मा विश्वमै सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोन बन्न सफल भएको छ । एप्पलका स्ट्यान्डर्ड आईफोन, प्रो म्याक्स, र प्रो मोडेलहरूले २०२३ मा जस्तै २०२४ मा पनि विश्व बजारमा शीर्ष तीन स्थान कायम राख्न सफल भएका छन् ।
प्रतिक्रिया दनुहोस्