काठमाडौँ, २१ जेठः सत्तारुढ दल नेकपा एमालेले अहिले ‘झोले’ अभियान चलाइरहेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले यो अभियानको सुरुआत गरेका थिए ।
ओलीले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने पोष्टरसहित सार्वजनिक गरेपछि अहिले पार्टीका अन्य नेता र कार्यकर्ताले पनि त्यही फलो गरेका छन् ।
एमालेको यो अभियानप्रति सामाजिक सञ्जालमा चर्को टीकाटिप्पणी भइरहेको बेलामा महासचिव शंकर पोखरेलले एमालेका नेता र कार्यकर्ताको झोलामा के छ ? भन्दै ७ बुँदे प्रष्टीकरण दिएका छन् ।
उनले भनेका छन्, ‘आउनुहोस् ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि नेकपा (एमाले) को गौरवपूर्ण झोलालाई गौरवका साथ बोकौँ । प्रतिकृयावादीहरूले नेकपा (एमाले) का विरुद्धमा प्रतिकृयावादी, प्रतिगामी, अराजकतावादी र कम्युनिस्ट विरोधीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौँ ।’
७ बुँदे प्रष्टीकरण
१. मार्क्सवादी दर्शनः द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद
२. मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त
३. जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको नवीन मान्यता
४. असंलग्नता र पञ्चशीलको सिद्धान्तमा आधारित नेपालको हित केन्द्रित सन्तुलित परराष्ट्र नीति
५. जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रिकरणको नयाँ मान्यता
६. जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको गौरवपूर्ण परम्परा
७. प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र
प्रतिक्रिया दनुहोस्