बर्दियामा आतंक मच्चाउने चितुवालाई लिइयो नियन्त्रणमा

गुलरिया : बर्दियाको गुलरिया नगरपालिका -५ स्थित बालापुर क्षेत्रमा आतंक फैलाउने चितुवा पासोमा परेको छ । एक साताअघि सोही क्षेत्रमा ७ वर्षीया बालिका सायरा चौधरीको चितुवाको आक्रमणमा परी मृत्यु भएको छ ।

घटना भएको दिनदेखि बर्दिया राष्ट्रिय निकुञ्ज,राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र डिभिजन वन कार्यालय बर्दियाको टोली अहोरात्र चितुवा नियन्त्रणमा लिन खटिएका थिए । एक सातादेखि हिंस्रक चितुवा भेटाउन नसक्दा स्थानियमा त्रास फैलिएको थियो ।     मंगलबार राति चितुवा पासोमा परेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । 

Seti Hospital

जेठ १५ गतेदेखि चितुवालाई डार्ट गरी नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्ज र एनटीएनसीले एक/एक गरी दुईवटा हात्ती परिचालन गर्दै चितुवाको खोजी भइरहेको थियो । चितुवा बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइने भएकाले डिभिजन वन कार्यालय बर्दिया परिसरमा राखिएको एनटीएनसी बर्दियाका संरक्षण अधिकृत अजित तुम्बाहाङ्फेले जानकारी दिए ।

बालिकालाई आक्रमण गरेको क्षेत्र वरपर राखिएको केजमा चितुवा परेकाले सोही चितुवा हुनसक्ने अनुमान उनको छ ।

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार