राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नभएसम्म भनिएको राजावादीको आन्दोलन पाँच दिनमै स्थगित

काठमाडौं : राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नभएसम्मका लागि गर्ने भनिएको राजावादी समूह संयुक्त जनआन्दोलन समितिले पहिलो चरणको आन्दोलन सकिएको छ।

समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति निकालेर सरकारको हस्तक्षेप र दमनका बाबजुद पहिलो चरणको आन्दोलन सम्पन्न भएको बताएका हुन्।

Seti Hospital

विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त जनआन्दोलन समितिको आह्वानमा जारी पहिलो चरणको हक हप्ता लामो जनआन्दोलनको कार्यक्रम सरकारको हस्तक्षेप र दमनका बाबजुद अत्यन्त उत्साहजनक रुपमा सम्पन्न भएको छ।’

पहिलो चरणको आन्दोलनको समीक्षा र दोस्रो आन्दोलनको कार्यक्रम तय गर्न आज दिउँसो समितिको बैठक बस्दैछ। बैठकमा समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह र अभियानका प्रतिनिधिहरू सहभागी हुँदैछन्।

जेठ १५ गतेबाट सुरु भएको आन्दोलन पाँच दिन मात्र चलेको थियो। पहिलो दिन शान्तिबाटिकामा भएको आन्दोलन दोस्रो दिन माइतीघर मण्डला, तेस्रो र चौथो दिन शान्तिबाटिका हुँदै नक्सालस्थित नारायणचौरमा भएको थियो।

चौथो दिनको आन्दोलनमा प्रहरीले दमन गरेको थियो। त्यस क्रममा पूर्वमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई छलारपछार पार्दै घिसारिएको थियो। यसका अलावा सोही दिन प्रहरीले कानूनविपरीत बहालवाला सांसद् दीपकबहादुर सिंहलाई समेत पक्राउ गरेको थियो।

आन्दोलनमा झडपको स्थिति आएपछि स्थानीय प्रशासनले सिफल चौर, बल्खु र कोटेश्वरबाहेकका क्षेत्रमा प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा लगायो। भोलिपल्ट राजा वीरेन्द्रको बंशनाश भएको भन्दै आन्दोलन नगरेको राजावादी समूहले २० गते सिफलको चौरमा आन्दोलन गरेको थियो।

facebook sharing button
messenger sharing button
twitter sharing button
viber sharing button
sharethis sharing button

जेठ २१, २०८२ बुधबार १०:००:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार