प्रश्न उठेपछि जवाफ दिन पाउने गृहमन्त्रीको अधिकार हनन भयो : महेश बर्तौला


काठमाडौं : नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन विपक्षी दल असहमत भएकाले सदन अवरुद्ध भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले अहिले गृहमन्त्रीबारे प्रश्न उठेपछि जवाफ दिन पाउने अधिकार हनन भएको बताए ।

Seti Hospital

कोही व्यक्तिमाथि प्रश्न उठेपछि जवाफै दिन नपाउने गलत नजिर संसद्‌मा बसाउन नहुने उनको भनाइ छ । बर्तौलाले दलहरूबीच आन्तरिक छलफल गरेर निकास निकाल्न समझदारीबमोजिम नै बुधबारसम्म (भोलि)का लागि संसद् स्थगन गरिएको जानकारी दिए ।

उनले गृहमन्त्रीले जवाफ दिएपछि विपक्षीले भनेअनुसार छानबिन समिति गठन, गृहमन्त्रीको राजीनामालगायत विषयमा छलफल गर्न सकिने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार