उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशामन सिंहले वर्षातको मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बागमती नदीमा गेग्रान हटाउने काम भइरहेको बताएका छन् ।
पूर्वाधार विकास समितिमा मंगलबार उपप्रधानमन्त्री सिंहले सम्भावित जोखिम रहेका ठाउँहरूमा अहिले काम भइरहेको बताएका हुन् ।
समितिमा वर्षातको पूर्वसन्ध्यामा शहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक, पुल र बेली ब्रिजलगायत पूर्वाधारमा हुन सक्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयको पूर्वतयारीका बारेमा छलफल बोलाइएको बैठकमा उपप्रधानमन्त्री सिंहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्वतयारी गरिररहेको बताए ।
‘विगतका घटनाबाट पाठ सिक्नतुपर्छ । नदी समयमा सफा गर्नुपर्छ । उपत्यकामा नदीको बढेको सतह घटाउनुपर्छ भनेर यहाँहरूले जोड दिएको छ । अधिकारसम्पन्न बागमती बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदीमा काम सुरु गरिसकेको छ,’ उनले भने ।
उपप्रधानमन्त्री सिंहले विपद् आउनुअघि नै समितिले ध्यानाकर्षण गराएकोमा धन्यवाद व्यक्त गर्दै मौसम पूर्वानुमानको रिपोर्टअनुसार आवश्यक शतर्कता अपनाइने पनि बताए ।
बागमती सभ्यताका आयोजना निर्देशक नारायण प्रसाद भण्डारीकाअनुसार नख्खु क्षेत्र,बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्रान हटाउने काम भइसकेको छ । अहिले बल्खु क्षेत्र, सुन्दरीजलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरी क्षेत्रमा नदीबाट गेग्रान हटाउने काम भइरहेको छ ।
समितिमा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीय सडक र पुलमा भइपरि आउने विपद्को लागि आवश्ह्यक शतर्कता अपनाइएको बताए । उनले विपद् हेर्ने गरी प्रदेश र जिल्लामा रहेका मातहतका कार्यालयहरूमा फोकल पर्सन तोकेर काम भइरहेको जानकारी दिए । सचिव सिग्देलले अघिल्लो वर्षको बाढीले क्षति पुगेका १० वटा झोलुंगे पुलको निर्माण कार्य सकिएको बताए ।
प्रतिक्रिया दिनुहोस्